हिमाल दहाल / गत जनवरी २१ गते हैटीको राजधानी पोर्ट औ पि्रन्सबाट ५६ किलोमिटर उत्तर-पश्चिमलाई केन्द्र बनाएर ६।१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । भूकम्पको धक्का जाने बित्तिकै हजारौंको संख्यामा मानिसहरु खुल्ला आकाश र सडकमा भेला भएका थिए । त्यसको एक साताअघि पुस २८ गते मात्र सोही देशमा गएको ७।७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी करिब अढाइ लाख मानिस मारिनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।ूगत फेबु्रअरी २७ गते चिलीमा ८।८ रेक्टर स्केल क्षमताको भूकम्प गयो । भूकम्पमा १ सय २५ जनाभन्दा बढीको मृत्यु भयो । भूकम्पका कारण सबै टेलिफोन र विद्युत् काटिए भने विभिन्न स्थानहरुमा भवन सडक तथा सरकारी स्थानहरु समेत भत्किए । चिलीका टेलिभिजन संस्थाहरुले जनाएअनुसार सहरी क्षेत्रका ठूला भवनहरु पनि उल्लेख्य संख्यामा भत्किए । यो भूकम्प चिलीमा पचास वर्षपछि सबैभन्दा ठूलो हलचलका साथ आएको बताइयो ।
ूगत बैशाख १ गते उत्तरपश्चिमी चीनमा गएको शक्तिशाली भूकम्पमा परी चार सय भन्दा बढीको मृत्यु भयो । घटनामा परी अन्य १० हजार घाइते भए । उत्तरपश्चिमको सांघाई प्रान्तमा ७।१ रेक्टर स्केलको भूकम्प गएको थियो । भग्नावशेषमा पुरिएकाहरुको उद्दारका लागि ७ हजारभन्दा बढी सेना परिचालन गरिएको थियो । सन् २००८ मा चीनकै सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी ८७ हजार मानिस बेपत्ता भएका थिए ।
ूटर्कीमा गत फागुन २४ गते गएको शक्तिशाली भूकम्पका कारण पाँच दर्जनभन्दा बढी मानिसको मृत्यु भयो । ६ रेक्टर स्केलको उक्त भूकम्पका कारण छवटा साना गाउँ पूरै ध्वस्त भए । ६ वर्षअघि टर्कीमा गएको भूकम्पको कारण त्यहाँको एक स्थानिय विद्यालय भवन भत्कँदा त्यसमा ८० भन्दा बढी बालबालिकाको पुरिएर मृत्यु भएको थियो ।
ूगत अपि्रल ७ मा इन्डोनेसियाली द्वीप सुमात्रामा ७।८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । द्वीपको उत्तरपश्चिमी तटवर्ती क्षेत्रको समुद्रमुनि ४६ किलोमिटर गहिराइमा महाभूकम्पको केन्द्रबिन्दू रहेको अमेरिकी भौगर्भिक सर्वक्षण संस्थाले बतायो । उक्त भूकम्पबाट ६ जना व्यक्ति घाइते हुनुको साथै केही ठाउँमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भयो । समुद्री सतहमा गएको भूकम्पका कारण सो ठाउँमा सुनामीको सन्त्रास फैलिएको थियो । सन् २००४ मा आचे प्रान्तमा ९ रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीले छिमेकी मुलुकका सहित दुई लाख ३० हजार जनाको मृत्यु भएको थियो । उक्त भूकम्पपश्चात् पनि अलग-अलग केन्द्रविन्दूबाट ५।० ५।२ रेक्टर स्केलसम्मका सानातिना भूकम्प पाँचपटकसम्म गएको थियो ।
यी विश्वमा नै हलचल मच्चाउने गरी सन् २०१० को सुरुवातका चार महिनामा गएका शक्तिशाली तथा विनाशकारी भूकम्पहरु हुन् । भूगर्भविद्हरुको भनाइ छ कि संसारमा प्रत्येक वर्ष करिब तीन लाखभन्दा बढीको संख्यामा भूकम्प जाने गर्छ । प्रायः भूकम्पहरु साना हुन्छन् । जसले गर्दा जनधनको त्यति क्षति हँुदैन र कतिपय अवस्थामा त हामीलाई थाहा पनि हुँदैन । तर तीमध्ये केही धेरै शक्तिशाली र धेरैपटक दोहोरी रहन्छन् । ऐतिहासिक तथ्यलाई हेर्दा हरेक ७० देखि एक सय वर्षमा महाभूकम्प दोहोरिरहेको छ । सोही आधारमा नेपालमा निकट भविष्यमा ठूलो भूकम्प आउने कुरा अध्ययनकर्ताहरुले बताइरहेका छन् । वि।सं। १९९० को भूकम्प आएको ७६ वर्ष पुगिसक्यो । अब त्यो दिन दोहोरिने हो कि भन्ने शङ्का छ । ठूलो भूकम्प आएको खण्डमा ठूलो धनजनको क्षति हुने निश्चित छ । विश्व र नेपालको ऐतिहासिक भूकम्पहरुको समष्टिगत विश्लेषण गर्दा देशमा ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउन सक्ने शक्ति फेरि सिाचत भइसकेको देखिन्छ । त्यसैले भूकम्पको लागि सावधानी अपनाउनु नै बुद्धिमता हुन्छ ।
नेपालमा तुरुन्तै कुनै ठूलो क्षति गराउने भूइर्ँचालो जाने खतरा बढेको छ । तथापि सन् १९९० सालको भूकम्प दोहोरिए कम्तीमा ४० हजार काठमाडौंवासीको ज्यान जाने ९५ हजार व्यक्ति घाइते हुने ६० प्रतिशत भवन क्षतिग्रस्त हुने सात लाख व्यक्ति घरवारविहीन हुने ५० प्रतिशत पुल १० प्रतिशत बाटो र ९५ प्रतिशत खानेपानी पाइप नष्ट हुने अनुमान गरिएको छ ।
के हो भूकम्प
विश्वास के गरिन्थ्यो भने ह्वेल माछाले पृथ्वीलाई थामेर बसेको छ र त्यसले काँध फेर्दा पृथ्वी हल्लिन्छ देउता रिसाएर भूकम्प जान्छ तर यस्ता भनाइहरु हावादारी हुन् । वास्तवमा जमिन हल्लिने प्रकि्रया नै भूकम्प हो । भूकम्प कति बेला कहाँ र कति क्षमताको आउँछ भनी अहिलेसम्म विज्ञानले पूर्वानुमान गर्न सकेको छैन । भूकम्प मुख्यतया भौगर्भिक र ज्वालामुखीय हुन्छ । हाम्रो देशमा भने ज्वालामुखी नभएकोले भौगर्भिक कारणबाट मात्र भूकम्प जान्छ । पृथ्वीभित्र उत्पन्न यान्त्रिक शक्ति कुनै खास स्थानमा सिाचत हुँदै जान्छ र एउटा सीमासम्म पुगेपछि भूकम्पको माध्यमबाट त्यसले सतह हल्लाउँछ । पृथ्वीको भित्री भागमा रहेको अत्यधिक ताप र चापको कारणले पृथ्वीको बाहिरी चट्टानको पत्रमा समय-समयमा हुने आकस्मिक जोडदार कम्पन वा हलचलको रुपमा भूकम्प प्रस्तुत हुन्छ ।
किन जान्छ त नेपालमा भूकम्प
नेपाल भारतीय र चिनियाँ प्लेटहरुको बीचमा पर्छ । जमिनमुनिका यी प्लेटहरुमध्ये भारतीय प्लेट चिनियाँ प्लेटको मुनि वर्षेनी पाँच सेमीका दरले धस्सिइरहेको छ । भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । सोही क्रममा यी दुई प्लेटबीचमा हुने टकरावको कारण भूकम्प जान्छ ।
प्लेटहरुको सराइकै कारण नेपालका हिमाली भागलगायत तिब्बती क्षेत्र अग्लिँदै गएको छ । सगरमाथाको उचाइ पनि ८८४८ मिटरभन्दा अग्लो भएर ८८५० मिटर बनेको कुरा तीन वर्षअघि नै प्रकाशमा आइसकेको थियो । भारत त पहिले एसिया महादेशमै थिएन । करिब दुई करोड वर्षपहिले टेथ्य भनिने समुद्रले भारतीय महादेशलाई चीनको भूभागबाट छुटाएको थियो । पछि भारतीय प्लेट उत्तरतिर सर्दै गएर पछि मात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो । सो क्रममा सो सागरको पानी सबै दायाँ-बायाँ छरिए । भूगर्भविद्हरुको भनाइ छ कि भारतीय प्लेट चीनको प्लेटको मुनि यही गतिमा पस्दै जाने हो भने करोडौं वर्षपछि भारत भन्ने देश नै हराउन सक्छ ।
भूकम्प र प्लेटको सराइले हिमाल तथा पहाडहरुलाई अग्लो मात्र बनाउँदैन सानो पनि बनाउन सक्छ । करिब एक करोड ५० लाख वर्ष पहिले प्रुान्सको आल्पस क्षेत्रमा पनि सगरमाथाजत्तिकै अग्ला हिमाल थिए । तर ती पछि भासिए ।
इतिहास तहसनहस पार्ने दाउमा भूकम्प
भूकम्पले नेपालको इतिहासलाई पटक-पटक इतिहासकै गर्भभित्र नामेट गराएको छ । लिच्छवीकालका राजदरबारहरु मानगृह कैलाशकुट र भद्राधिवास भवनको अवशेष नपाइनु र त्यसबेला बनेका धेरै मन्दिरको शिलालेख मात्र पाइनुमा भूकम्प कारण हुनसक्छ । शाहकालमा भएका भूकम्पहरुमा वि।स। १८६५ राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा गएको भूकम्प वि।स। १८९० मा राजेन्द्रविक्रम शाहको पालमा गएको भूकम्प वि।स। १९९० मा त्रिभुवनवीरविक्रम शाहका पालामा गएको भूकम्प र वि।स। २०४५ मा गएको भूकम्पलाई नेपाली इतिहासमा शाहकालमा गएका ठूला भूकम्पहरु मानिन्छन् । तीमध्ये ९० सालको भूकम्पले नेपालका ऐतिहासिक संरचनाहरु तहसनहस नै पारेको थियो ।
नेपाल विश्वमै जोखिमयुक्त देश
एक तथ्याङ्कअनुसार काठमाडौलाई विश्वमै सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा राखिएको छ । १० लाखभन्दा बढी जनसंख्या रहेको काठमाडौमा भूकम्प गएमा ६९ हजारभन्दा बढी मानिस मर्ने बताइएको छ । भूकम्पीय जोखिममा रहेका विश्वका दश शहरको सूची यसप्रकार छ
१।काठमाडौं नेपाल१० लाख६९०००
२।स्तानबुल टर्की१ करोड५५०००
३।दिल्ली भारत१ करोड ४० लाख ३८०००
४।क्वेटो इक्वेडर१८ लाख१५०००
५।मनिला फिलिपिन्स१६ लाख१३०००
६।रावलपिण्डी पाकिस्तान१० लाख१२५००
७।सान साल्भाडोर एल साल्भाडोर२२ लाख११५००
८।मे_िक्सको सिटी मे_िक्सको२२ लाख११५००
९।इज्मिर टर्की३५ लाख११५००
१०।जाकर्ता इन्डोनेशिया १ करोड ८४ लाख ११०००
त्यस्तै ११ औं देखि २० औं खतरा भोग्ने देशहरुमा टोक्यो जापान मुम्बइ भारत गुआयाकुइल इक्वेडर बन्दङ्ग इन्डोनेशिया सान्टियागो चिली तास्कन्द उज्वेकिस्तान तिजुआना मे_िक्सको नागोया जापान आन्दोफागास्ता चिली कोबे जापान लाई तोकिएको छ ।
९ट मभअ द्दण्ण्ढ मा भबचतजत्रगबपभक।sगष्तभज्ञण्ज्ञ।अयु मा प्रकाशित तथ्याङ्क
बच्नको लागि के गर्ने त
भूकम्पबाट जोगिने उपाय त छैन । तर भूकम्पबाट हुने क्षति कम गर्न केही प्रयासहरु भने गर्न सकिन्छ । त्यसको लागि भूकम्प प्रतिरोधी घर बनाइनुपर्छ । चालू लागतमा दश प्रतिशत मात्र लगानी थप गर्ने हो भने भूकम्प प्रतिरोधी घर बनाउन सकिने दावी विज्ञहरुको छ । तर भूकम्पप्रतिरोधी घर बनाउन नजान्ने ईाजनियरका कारण पनि समस्या उत्पन्न भएको बताइन्छ । त्यसको लागि राज्यले नै ध्यान दिनु आवश्यक छ । त्यस्तै घटना भइसकेपछि आँखा खोल्नुभन्दा घटना हुनुअघि नै सोच्नु बुद्धिमानी हुन्छ ।
भूकम्प गइहालेमा के गर्ने
कहाँ सुरक्षित
घरभित्रः दह्रो टेबल डेस्क अथवा खाटमुनि ढोकाको प्रुेम बीचमा पिलर नजिक कोठाको कुना साँघुरो कोरिडोर र भित्री गारोनजिक ।
घरबाहिरः वरिपरि अग्ला घर रुख बिजुलीको तार र खम्बा आदि नभएको खुला ठाउँ चौर वा चोक र फराकिलो सडकको मध्यभाग ।
कहाँ असुरक्षित
घरभित्रः झयाल ड्रअर र किताब राख्ने दराजनजिक ग्याँस चुल्होजस्ता ज्वलनशील सामानको छेउ भर् याङ र लिफ्ट बलियोसँग नकसी झुण्ड्याएर राखिने बत्ती प्रुेम हालेका तस्विर र गह्रौँ ऐनाजस्ता खस्न सक्ने सामानको मुनि अनि रेपि्रुजेरेटर स्टोभ र हिटरनजिक ।
घरबाहिरः अग्ला घर सडकबत्तीको खम्बा ट्रान्सफर्मर तथा विज्ञापन र दर्शकका लागि राखिएका ठूला बोर्डको नजिक बार्दलीको तल गमला राखेको छत वा रुख मुनि पुल मुनि वा माथि उच्च भोल्टेजको बिजुलीको तारमुनि र पहिरोको छेउछाउ ।
No comments:
Post a Comment