Monday, July 12, 2010

गजल

भीम के सी कमल
प्रकाशनको मिति १० जुलाई २०१० ०८:०२ बजे |

आंधी बनि आयो माया, हुरी बनि आयो
मुटु टुक्रा टुक्रा पार्ने छुरी बनि आयो।

पथ कंटकमय अति, बिषम गन्तब्यको
चढाइ कहिल्यै नटुंगिने धुरी बनि आयो।

सन्तुलनमा न आएको, तुलो जिन्दगीको
जब माना पाथी चाहें मुरी बनि आयो।

नदीका दुइ किनार सरी, सहयात्रा अचेल्
प्रारब्धको खेल हो कि दुरी बनि आयो।

कता जानु न्याय माग्न, द्विबिधा मन् भरी
'भीम' लाइ घात गर्ने फेरी 'जुरी' बनि आयो।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु