Thursday, July 15, 2010

गजल

धपक्कै बलेको रुप छ
र, पनि ऊ सधैं चुप छ

नागबेली चुल्ठी छ उनको
आँखामा निलिमा कुप छ

मोहनी लाउने अधर
दाँतमा हिमानी खुप छ

छिनेको बारुली कम्मर
बाहिर सुगन्धी सुप छ

'इन्द्र'को भक्तिनी हुन् की
प्रतिमा अगाडि धुप छ ।

गजलकार: इन्द्र नारथुङे

No comments:

Post a Comment

अवलोकन कर्ताहरु