तर्न हुन्थ्यो सागर,साथ तिम्ले दिए
भर्न हुन्थ्यो सिउँदो,हात तिम्ले दिए
सपनामा भेटेपछि,यदि नछुट्ने भैदिए
पुरा हुन्थ्यो इच्छाहरु,सौगात तिम्ले दिए
मनले बोलाउदा यदि,तिम्ले सुन्ने भए
जिउन हुन्थ्यो संगसंगै,चाहत तिम्ले दिए
प्रण दिन्थें म बरु,तिम्रो खुशीको निम्ति
लड्न हुन्थ्यो दुनियाँसंग,साथ तिम्ले दिए
दोधारमा हुँदैनथ्यो कि,चौबाटो न,आइदिए
छुट्न हुन्थ्यो पहिलेनै,लात तिम्ले दिए
देश लामा
हाल-दोहा कतार
लमजुंग सिम्पानी-९ बगैचा
No comments:
Post a Comment