Tuesday, July 27, 2010

ट्विटर अन्य र्साईटबाटपनि चलाउन सकिने




सामाजिक संजालहरुमा लोकप्रिय ट्विटरले अफ्नो प्रयोगकर्ताहरूलाई अन्य वेब र्साईटबाटपनि टि्विट गर्न सकिने सुविधा उपलब्ध गराउने भएको टिविटरले एटएनिह्वेर फिचर थपेर यो सुविधा उपलब्ध गराउन लागेको हो एटएनिह्वेर सुविधा उपलब्ध भएपछि प्रयोगकर्ताहरुले अन्य लोकप्रीय बेभर्साईटहरुबाट ट्विट गर्न सक्नेछन् प्रारम्भमा यस्तो सुविधा टि्वटरका पार्टनर वेभर्साईटमा मात्रै उपलब्ध हुने जनाईएको

एटएनिह्वेर सुविधाका बारेमा टि्वटरका प्रमुख कार्यकारी इभान विलियम्सले यसै साता बताएका हुन् । तर सेवा कहिले देखि सुरु गर्ने भन्ने कुरा भने खुलाएनन् । सुविधा सुरु भएपछि टि्वटरको एनिह्वेर सुविधाकालागी सम्झौता भएका वेबर्साईटमार्फ नै म्यासेज पठाउन र हेर्न सकिने उनले बताए ।
प्रारम्भमा अमेजन, इबे, हफिङटन पोष्ट, युट्युव, विङ, सिटीर्सच, डिग, एडएज, मिबो, एमएनएनविसी डट कम, न्युयोर्क र्टाईम्स, सेल्सफोर्स र याहुका वेबर्साईटबाट यो सुविधा उपलक्ध हुनेछ ।
सुविधाले कम्पनीहरुलाई ब्राण्ड प्रमोसन गर्न समेत सहयोग पुग्ने ब्रिकफिसका प्रमुख कार्यकारी अधिकृत निकोले गुडइयरको भनाई छ । 'सामान्यतया मासिनहरु आफ्ना साथी तथा आफन्तको सिफारीसमा वस्तु खरिद गर्ने गर्छन' उनले भने, 'आफुलाई मन परेकेा बस्तु तथा सेवाकेा बारेमा उनिहरुले टिविट गरिदिन्छन, जसले गर्दा बस्तु विक्रीमा सहयोग पुग्छ ।'

No comments:

Post a Comment

अवलोकन कर्ताहरु