
श्रावण २ - दश लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित नेपाल सरकारले अघि सारेको 'नेपाल पर्यटन वर्ष २०११' अभियान व्यापक प्रचारप्रसार गर्न बेलायतमा बजेट अभाव छ ।
अभियान शुरु हुन करिब ५ महिनामात्र बाँकी रहँदा यहाँ झिनो पर्यटन प्रवर्द्धनात्मक मात्र कार्यक्रम हुन सकेको छ । विश्वमै भारतपछि बेलायतबाट बढि पर्यटक नेपाल जाने तथ्यांकबीच बजेट अभावले उल्लेख्य कार्यक्रम गर्न नसकिएकौमा सरोकारवाला चिन्तित छन् ।
नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार, सन् २००९ मा बेलायतबाट नेपाल जाने पर्यटक संख्या ३० हजार एकसय ८६ छ भने यस वर्षजुनसम्ममा १३ हजार ७ सय ८१ ले नेपाल भ्रमण गरिसकेका छन् ।
'हामीसंग पर्याप्त भिजन र दक्ष जनशक्ति छ तर बजेट अभावले प्रभावकारी कार्यक्रम गर्न सकिएको छैन्'- लन्डनस्थित नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेको गुनासो छ ।
डा. चालिसेले हालसम्म जति गतिविधि भइरहेका छन्, ति 'इकोनोमिक डिप्लोमेसी' कै आधारमा चलिरहेको बताउँदै थपे- 'मेरो सोच युकेबाहेक आयरल्याण्ड र मेरै टेरोटोरी नर्वेमा समेत कार्यक्रम गर्ने छ । तर, के गर्नु बजेट अभावले सोच्नै सकिन्न ।' उनले सरकारले यसका लागि कुनै बजेट नछुट्याएको जनाए ।
झण्डै १४ वर्षेखि नेपाल पर्यटन वोर्डका अनरेरी पिआर धु्रव केसीको पनि गुनासो उस्तै छ । 'सबै खर्च आफ्नै पकेटबाट चलाउनुपर्छ । यतिसम्मकी चिठी चपेटाका लागि खाम र टिकट खर्च समेत एक पैसा आउ“दैन्' उनी भन्छन् ।
नेपाल क्याटरर एसोसिएसन, युकेका संस्थापक अध्यक्ष समेत रहेका केसीले एसोसिएसनले बरु पर्यटन वर्षध्यानमा राखेर आफ्नै पहलमा लन्डनमा फुड फेस्टिबल र रोड शो गर्ने तयारी गरिरहेको जनाए ।
'आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि देशकै पर्यटन प्रवर्द्धन होस् भन्ने हाम्रो सदिच्छा छ' केसीले भने । पर्यटन प्रवर्द्धन कार्यक्रम सुचारु गर्न बेलायतमा रहेका दुइ सय ३७ नेपाली रेष्टुरेन्टलाई नेपाल टुरिजम् बोर्डको सदस्यता दिलाउने र शुल्कबाट संकलित आम्दानी युकेमै खर्च गर्ने प्रस्ताव आफूले राखेको पनि केसीले जनाए ।
बेलायतमा लन्डन, ब्रिस्टोल, एडिनवरा, ब्राइटन, म्यानचेष्टर, कार्डिफ, ग्लास्गो, लिभरपुल, अक्सफोर्ड, न्यू क्यासल लगायतप्रमुख पर्यटकीय आकर्षा मानिन्छन् यद्यपि यी ठाउँमा प्रचारप्रसार गर्न हाम्रो सामर्थ्यले भ्याउँदैन् । सेन्ट्रल लन्डनस्थित अक्सफोर्ड र्सकस, पिकाडेली र्सकस्, लन्डन आइ वरपर होस् वा लन्डन अन्डरग्राउण्ड (जहाँ वर्षोनी करिब १०७३ मिलियनले यात्रा गर्छन्) तिर होर्डिङ वोर्ड राख्न सके एकैदिनमा लाखौंको आँखा त्यहाँ पर्न सक्छ । तर, नेपाल सरकारले त्यो गर्न सक्ने स्थिति पनि छैन् ।
'त्यस्ता ठाउँमा प्रचार प्रचार गर्न त अभियानमा लाग्ने पुरै बजेटले पनि भ्याउँदैन्' एक पर्यटन व्यवसायी ज्रि्रो टोक्छन् ।
अभावबीच, नेपाली दुतावासले भर्खर नेपलिज् हिमालयन एसोसिएसन स्कटल्याण्ड र स्कट-नेपलिज फ्रेण्डसीप सोसाइटीको सहकार्यमा स्कटल्याण्डमा एक कार्यक्रम गर्यो । एवरडिनस्थित टाउन हाउसमा पहिलोपटक आयोजित यस खालको कार्यक्रममा करिब एकसय ३२ जना विदेशी नागरिकमात्र सहभागी थिए ।
कार्यक्रममा पावर प्वाइन्टका तर्फाट नेपालको पर्यटक गन्तव्यस्थल, राष्ट्रिय पुरातात्विक धरोहर, संस्कृति, रहनसहन, प्राकृतिक छटा आदिबारे सहभागी सबैलाई अवगत गराइएको दुतावासको भनाई छ । सो क्रममा प्राध्यापक नोरमान वाइज र क्रिस् न्यूमेनले आफूहरुको रोमाञ्चक नेपाल यात्राको स्लाइड शो प्रस्तुत गरेका थिए भने सहभागीलाई पर्यटन पर््रवर्द्धन हुने खालका विभिन्न सामाग्री समेत वितरण गरिए । दुतावासले ३१ जुलाईमा वेल्स्मा समेत यस्तै खालको कार्यक्रम गरिने जनाएको छ ।
No comments:
Post a Comment