जसराज सिकराती
तिम्रो घरछेउको अमलको रुख
अझै पनि छ
अधुै पनि वतासित सुसाइरहेको छ
उसका डाल्नोहरु सुकेका जस्ता देखिन्छन्
पातहरु पनि पहिला भन्दा खस्रा र खैरा देखिन्छन्
यति हो- त्यो रुख अझै पनि छ
त्यसको जीवनमा पालुवार वस्न्त भने अझै पनि आएको छैन
अजकाल त्यहाँ बसेर
पखेटा केलाइरहेको चाँचरीलाई परेबाट देख्न सकिन्छ
त्यसले काराएको स्वर पनि निराश र विरसिलो सुनिन्छ ।
गंगा ।
म तिमिलाई कुन खुःशीको खबर छ र सुनाउँ
बज कि तिमिहरु मरेिछ
तिमिहरु बस्ने सानो झुप्रो गाउँलेहरुले भत्काइदिए
बहिनी जमुनालाई के समाचार पठाऊँ
जब कि उ मरेपिछ
तिमिहरुले ओछ्याउने सोत्तर पनि छिमेकीहरुले सल्काइदिए ।
गंगा ।
जब त्यो अमलाको रुख हावामा सुस्तरी सुसाउँछ
त्यसबेला म तिमिलाई सम्झन्छु
जब त्यो चाँँचरी
हाँगामा बसेर विरसिलो स्वरले बेस्सरी कराउँछ
त्यसबेला म जमुनालाई सम्झन्छु
तिम्रो भाई -
गाउँलेहरु उसलाई रहीबहादुर भन्थे
आसाम गाुको धेरै वर्ष भयो
मर् यो की बाँचेको छ केही खबर छैन
छुट्टिएको तिम्रो साइँलाकाका
अब त निक्कै पाको भइसक्यो
बरा गरिब
माकुरालाई जस्तै केटाकेटीले खाुका छन्
तिम्रा दौँतारीहरु
अनिकालले गर्दा समयमै बूढो भइसके
कसैका लोग्ने बोर्नियामा दिवंगब भइसके
कसैका लोग्ने टिष्टाको बाढीमा डुबेर गए
सिउँखोमा सिन्दुर छैन
छातीमा पोतेको हार छैन
के भन्नु बहिनी !
कुनै शुभ समाचार छैन
सुनसान छ गाउँ पनि
विरहलाग्छ सम्झँदा पनि
पत्थेर काका मुग्लान होकी भूटान गाुको दश वर्ष भो
चिठीचपेटा केही छैन
ललिते कान्छा मर् यो की बाचेको छ केही अबर छैन
के सुनाउ तिमिलाई
स्वर पनि छैन
उराठ-उराठ लाग्छ गाउँ पनि
विरानो लाग्छ आफु जन्मेको ठाउँ पनि
हिउँद लागेपछी सबै गाउलेहरु
भारी बोक्न भोजपुर जानछन्
वर्खा लागेपछी सबै तन्नेरीहरु बारी जोत्न मोरङ जान्छन्
गंगा !
यो गाउँ भरिया मात्र जँन्माउँदो रैुछ
यो गाउँ अर्काको हरी र खेताला मात्र जन्माउँदो रैुछ
पसिना र रगत सरोवर गर्दा पनि
एक धरो लगाउन पुग्दैन
वहिनी !
गरिवको माया गरेर बोलीदिने कोही छैन
निर्धाको सम्झनामा रोइदिने कोही छैन
यो देशको एका छेउमा
यो सानो गाउँमा
मैले तिमिलाई देखेको थिएँ
हाीम सबैले देखेका थियौँ
जहीले पनि तिमिहरु सिस्नु पकाएर खान्थ्यौ
जहिले पनि तिमिहरु मदिन चेहरा र उदाश आखा लिएर
हाम्रो घरतिर आउँथ्यौ
गाउँतिर जान्थ्यौ
कहिलेकाँही फाटेको मुजेत्रोमा
एक मुठी निङ्गुरो र सिस्नो बोकेर
घर आइरहेका तिमिह्रु संग भेट ुहन्थ्यो
कहिले भने
च्याउँ टिप्न भनेर वनतिर गइरहेको जम्काभेट हुन्थ्यो
बेलुका तिमिहरु आधा पेट खान्थ्यौ
सोत्ताराकेा ओछ्यानमा रातभरी आछ्यु………।छ्यु भन्थ्यौ
भात खान पाइन्छकी भनेर
तिमिहरुका आमा र बजैले दिभरी खेतला जानुपथ्र्यो
रातभर अर्काको ढिकिजाँतो गर्नुपथ्र्यो
हो-तिमिहरुको जिन्दगी सारै नमीठो थियो
दुःख थियो
र त देशको फरक पृष्ठमा
तिमिहरुको कथा पनि त्यो रात मेटीएर गयो ।
मलाई झम्झना छ गंगा !
दुई हजा चौध साल
बर्खाको रात
झमक्क साँझ परेपछि
वनबाट बजै र आमा फर्किए
साँच्चै तिमिहरुलाई बेस्सरी भोक लागेको थियो
र त्यो सानो भाई रुँदारुँदै थाकेर चिसो भूईमा सुतेको थियो
ऊ निदाएको थियो वा
भोकले रुन पनि नसकेर लोलाएको थियो म भन्न सक्तिनँ
लामो विश्राम छोडेर आमाले
सानो भईलाई उठाइन र छाती नै फुट्ने गरी च्यापीन बेस्सरी
आमाको आँखामा त्यउतीबेला
बर्बरी आँशु बगेको थियो
हो -
त्यो रात तिमिहरुको जिन्दगीको अन्तिम रात थियो
त्यो रात देखी-
तिमिहरुको त्यो घरमा मान्छेको छाया
कहिल्यै भित्र बाहिर गरेन ।
ठूलो साझ परेपिछ
मृत्युको भाग बन्डा लगायौ
मृत्युलाई पितको भाडामा राखेर तन्तनी पियौ
त्यो मिठो थिएन
यद्यपी सारै मिठो मानेर बराबरी भाग लगाएर खायौ ।
त्यो बेला
सानु भाइले पनि हात पसारेको थियो
मलाई पनि देऊ भरेर इसारा गरेको थियो
तर उसले किन दिएनौ
यो झुत्रो जिन्दगी उसको भागमा राखिदियौ
त्यो बेला निरिह चेहरा भएका तिमिहरु आपस्तमा हेराहेर गरेका थियौ
तिमिहरुको हेराई अन्तिम थियो
र चारै जनाले
त्यो बालखतिर अत्निम पटक हेरेर आखा चिम्लेका थियौ ।
गंगा !
तिमि र जमुना जुम्ल्याहा थियौ
तिमिहरुको सपना र वेदना यौटै थियो
यौटै थियो- तिमिहरुको धर्ती र आकाश पनि
यौटै थियो- तिमिहरुले देखेको टाढाँको क्षितिज पनि
म सम्झन्छु-
त्यो आकाश मुनि जमुना छाती च्यापेर चिच्याईरहेकी बेला
तिमि मुटु मिचेर कराईरहेकी थियौ
आमा र बजु हात-खुट्टा फालेर पछारीदै थिए
गंगा !
यो बिजोग स्थितिलाई मन्दीर भएर
सर्महीन आँखाहरुले हेरेर के भो
जमुना !
यो बिदिर्ण अवस्थालाई देवता भएर सारहीन पथरहरुले देखेर के भो
मेरा जुम्ल्याहा बैनी !
सम्पूर्ण आकाश कालो निलो भएर तिमिहरुलाई
निल्न आइरहेको बेला
अस्थिपाजर देश उभिएर- रगताम्य वेदना हेरीरहेको थियो
प्रजातन्त्रको भाषण गरेर
जनताको बखान गरिरहेको थियो
ओ एक जोडी कन्याकेटी !
एकलास पाखा र भित्ताहरुमा
भयानक मृत्यु देखिन्छ अहिले पनि
देश अन्धा कुइराहरु भएर
हेर उ माथि-माथि सम्म टुगिन्छ
आफ्नो नपंुसकता र कायरतामा एक मुठी रंग धसेर हिँड्छ
पकेटमा हात राखेर हाँसेर हिँड्छ ।
तिमिहरुले पनि देखेका थियौ
दुध-भात खाएर
गोडा चढेर दगुरीरहेको मृत्युलाई
बुटजुत्ता टेकेर
निर्धाहरुलाई मचमस्ती कुल्चेर हिँडिरहेको मृत्युलाई
र बहिनी !
मृत्यु भएर बसरीरहेको देश पनि तिमिले देख्यो
देश भन्दा ठूलो÷सिमाना भन्दा फरक भएर
असमयमै मरिरहेका
निर्बोध शिशुहरुको मृत्यु पनि तिमिले देख्यौ
र तिकिले-
लोगनेको सुरुवाल र स्वास्नीको फरिया लगाएर
आउँदै ÷जादँदै गरेका हरेक मृत्युलाई भेट्यौ
र अर्को एउटा-
घृणित र हेला गरिरहेको
झुत्रो मृत्युलाई पनि तिमिले भेट्यौ
र त्यो तिमि आफै जस्तो लाग्यो
हो रैुछ गंगा !
तिमिलाई झुत्रो जिन्दगी बथानेर
महल भएर उभिएका रहेछन मृत्युहरु
जमुनालाई नाङ्गी आईमाई पारेर
सहर भएर सुतिरहेको रहेछ मृतयुहरु
ङिच्चङिच्च बगरका दातहरु उमारेर
मरुभूमि भन्दा फरक भएर
गरिवलाइृ खाईमार्न रमाइरहेछन् मृत्युहरु
जमुना !
तिमि मरेपछी हिडिरहेको देखेको छु- मैले मृत्युलाई
निर्धाहरुलाई चट्चट्ी काट्दैँ हास्दैँ
हिँडेको देखेको छु- मैले मृत्युलाई
मैलै मृत्युलाई घोडासित हिनहिनाइरहेको देखेको छु
मैलै-
बहिखाता ओढेर घाम तापिरहेको मृत्युलाई देखेको छु ।
मेरा जुम्ल्याहा बहिनी !
आफुलाई निरीह- निर्धौ भन्ठानेर
दशलाख पीडाहरुको घाउभित्र मर् यौ
बीशलाख गीतहरुको स्वरमूनि संङ्गीत संग मर् यौ
तिमिहरुको माया लाग्छ ताुनी
तर खाई के गर्नु
तिम्रो यात्राको आरम्भ र तिम्रो यात्राको अन्त्य
कहाँ छ र यो देशमा
कोई कहाँ छर तिम्रो देशमा
भयातुर एक अगालो क्षितिज मुन्तिर
भत्कीएको चिहानमा
मुसाले खोस्रीएको छ
भ्यागुताले भ्वाङ पारेको छ
हो
म अहिले त्यही देशको एकाछेउमा छु
र तिम्रो मृत्युको गीत लेखेर गाईरहेको छु ।
साभार ः जसराज किरातीका प्रतिनिधि कविताहरु