Monday, July 12, 2010

१ सय १० अर्बको आंशिक बजेट प्रस्तुत

अषाढ २८ - अर्थमन्त्री सुरेन्द्र पाण्डेले काम चलाउका लागि एक खर्ब १० अर्ब २१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यो बजेट सञ्चित कोषबाट रकम झिकेर खर्च गर्ने गरी ल्याएका हुन् ।

नयाँ सरकार बन्न नस्कदा पूर्ण बजेट ल्याउन नसकेका कारण अर्थमन्त्री पाण्डेले कुल बजेटको एक त्रितियांश बराबरको आंशिक बजेट प्रस्तुत गरेका हुन् ।

राजनीतिक संकीर्णताका बाधक

अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक संकीर्णताका कारण अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

संसदमा अंशिक बजेट प्रस्तुत गर्दै पाण्डेले ५.५ प्रतिशतको बृद्धिदर अपेक्षा गरिएकोमा जम्मा ३.५ प्रतिशत मात्र हुनसकेको उल्लेख गरेका छन् ।

उनले संविधानसभाको निर्वाचन पछिको तीन वटै बजेट समयमा प्रस्तुत हुने र पारित गर्ने काम हुन नसक्दा जनताको विकासको अपेक्षा पुरा हुन नसकेकोसमेत उनले उल्लेख गरे ।

'राजनीतिक किचलोले जनताको विकासप्रतिको अपेक्षा पुरा गर्न सकेनौं' उनले भने, 'हामी पार्टीगत संकिर्णता भन्दा माथि उठ्न सकेका छैनौं ।'

संविधानसभाको निर्वाचनपछि शान्ति र राजनीतिक स्थिरता तथा विकासका अपेक्षा पुरा हुने अपेक्षा राखेकोमा राजनीतिक खिचातानीकै कारण पुरा हुन नसकेको उनले उल्लेख गरे ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु