आइतबार बिहान प्रहरी, सेना र स्थानीयले आमाछोराको लास हिलोबाट बाहिर निकालेका छन्। प्रहरी नायव उपरिक्षक उत्तम सुबेदीले पहिरोमा पुरिएका उनीहरूको लास निकाल्न निकै समय लागेको बताए
Sunday, July 11, 2010
पहिरोले घर बगाउँदा आमाछोराको मृत्यु
पाल्पा, असार २७- अविरल वर्षाका कारण शनिबार राति स्याड्जामा पहिरोले घर बगाउँदा एकै घरका आमाछोराको ज्यान गएको छ। स्याङ्जा फेदिखोला गाविस जोगीस्थानका २७ बर्षीय गंगा महत र उनका ४ बर्षीय छोरा कुशलको मृत्यु भएको प्रहरीले जनाएको छ।घरमा सुतिरहेका बेला राति खसेको पहिरोले घरको आधाभाग बगाउँदा दुई आमाछोराको ज्यान गएको हो। सोही घरमा सुतिरहेका परिवारका अन्य ४ सदस्य भने भागेर बच्न सफल भएका छन्। प्रहरीले घरको पछिल्लो भाग पहिरोले बगाएका कारण पछाडी सुतेका दुई आमाछोराको मृत्यु भएको र अघिल्लो भागतर्फ सुतेकाहरू बचेका बताएको छ।
आइतबार बिहान प्रहरी, सेना र स्थानीयले आमाछोराको लास हिलोबाट बाहिर निकालेका छन्। प्रहरी नायव उपरिक्षक उत्तम सुबेदीले पहिरोमा पुरिएका उनीहरूको लास निकाल्न निकै समय लागेको बताए
आइतबार बिहान प्रहरी, सेना र स्थानीयले आमाछोराको लास हिलोबाट बाहिर निकालेका छन्। प्रहरी नायव उपरिक्षक उत्तम सुबेदीले पहिरोमा पुरिएका उनीहरूको लास निकाल्न निकै समय लागेको बताए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment