
गुगलले टेलिभिजन सञ्चालन गर्ने भन्ने हल्ला धेरैअघिदेखि नै आए पनि यसको आधिकारिकता पुष्टि भएको थिएन् । तर, यही मे महिनाको अन्त्यतिर हुने सम्मेलनका क्रममा गुगलले यससम्बन्धी घोषणा गर्ने भएको हो । अमेरिकी अखबार वाल स्टि्रट जर्नलका अनुसार गुगलले मे १९ र २० मा सान फ्रान्सिस्कोमा हुने सम्मेलनमा गुगलले तीन हजारभन्दा बढी डेभलपरलाई इन्टरनेटमा आधारित टेलिभिजनको सफ्टवेयर प्रदान गर्ने तयारी गरिरहेको छ । गुगल टिभी एन्ड्रोइडमा आधारित प्रविधिमा चल्नेछ । जसमा इन्टरनेका सामग्री हेर्न सकिन्छ । यसैगरी, वेब र्सच, टेलिभिजन एप्लिकेसनलगायत विभिन्न भिडियो इन्टरटेनमेन्टमा सामग्री उपलब्ध हुनेछन् । गुगलको टिभीमा इन्टरनेटबाट चल्ने भविष्यका टिभीको संयोजन हुने वाल स्टि्रटले जनाएको छ । जसमा गेमका लागि छुट्टै डिभाइस, सेट टप बक्स, ब्लु रे प्लेयर्सजस्ता अत्याधुनिक सुविधा हुनेछन्
No comments:
Post a Comment